राजविराज । मैथिली भाषाका महाकवि वा ‘सर्वोपरि कवि’ विद्यापति दिवसको अवसरमा सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मङ्गलबार मैथिली साहित्य परिषद् सप्तरीले रक्तदान कार्यक्रम र कवि गोष्ठीको आयोजना गरी तीन दिवसीय विद्यापति स्मृति पर्व मनाइँदै छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर भित्र रक्तसञ्चार केन्द्रमामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पूर्व सिचाई मन्त्री उमेश यादव, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, सचिव सुनिल चन्दन, परिषदका सचिव सञ्जीव नारायण यादव, उपसचिव ललिता झा, सदस्यहरू राजिव कुमार झा र रवि राय ,स्थानीय विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन, सञ्जीव कुमार यादव, पवनकुमार यादव, लाल देव चौधरी ,राहुल चौधरी, पङ्कज सरकार, रूपेश झा, समीर मिश्र र पूज्य बिसीले रक्तदान गरेको परिषद्का अध्यक्ष अवधेश झाले बताउनु भयो।
यसैगरी परिषदले विद्यापति दिवसको अवसरमा आयोजित मङ्गलबारै दिउँसो २ बजे मैथिली साहित्य परिषदको भवनमा मैथिल विद्यार्थी परिषद्को संयोजनमा कवि गोष्ठी गरिएको अध्यक्ष झाले जानकारी दिनुभयो ।
मातृभाषा मैथिलीको संरक्षण सम्वर्द्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उहाँले स्वतःस्फूर्त रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
परिषद्का पूर्व सचिव अजय कुमार झाले विद्यापति बसेको बनौलीबारे अन्वेषण हुनुपर्ने माग गर्नुभयो । उहाँले विभिन्न इतिहासकारहरूले विद्यापतिको प्रवास स्थल सप्तरीको बनौली नै रहेको स्पष्ट पारिसकेको भएपनि सिरहा र महोत्तरीको बनौली भनेर केही व्यक्तिहरूले मिलहरूको बीचमा दूरी बढाउने काम गरिरहेकोले अन्वेषण आवश्यक रहेको बताउनु भयो ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले विद्यापतिको प्रवास स्थलबारे पुरातात्विक विभागले अन्वेषण नगरेकै कारण विद्यापति र बनौलीको नाममा सरकारी बजेट समेत खर्च भइरहेको प्रति असन्तुष्टि पोख्नुभयाे ।
कवि गोष्ठीमा युवा कविहरूको बढी भन्दा बढी सहभागिता गराएर मैथिली साहित्यमा सृजनशीलता बढाउन परिषद्लाई अझै सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो ।
विद्यार्थी युवा परिषद राजविराजको संयोजन तथा सुनिल झा चन्दनको अध्यक्षतामा मैथिली साहित्य परिषदले आयोजना गरेको कवि गोष्ठीमा अभय मैथिल, मैसापको सदस्य राजीव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रशासकीय अधिकृत कुन्दन कर्ण, गंगा साह, शिक्षक मञ्जु श्रेष्ठ, परिषद्का उपाध्यक्ष राजकुमार लाल दासले मैथिली कविता प्रस्तुत गर्नुभएको थियो भने गायिका सुष्मा झा र किरण झाले विद्यापति गीत प्रस्तुत गर्नुभएको थियो।
बुधबार जिल्ला समन्वय समिति सप्तरीको हलमा विचार गोष्ठी हुने छ । मैथिल पत्रकार परिषदको संयोजनमा हुने यस कार्यक्रममा सरकारी कामकाजको भाषा मैथिल किन होइन् बिषयमा चर्चा हुने आयोजकले जनाएको छ ।
त्यस्तै अन्तिम दिन २९ गते बिहान ११ बजे पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट झाँकी प्रदर्शन सुरू हुने त्यसपछि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको हलमा श्रद्धाञ्जली सभा तथा परिषदद्वारा स्थापित विभिन्न पुरस्कार वितरण तथा साँझ ५ बजे साँस्कृतिक कार्यक्रम हुने परिषदका अध्यक्ष झाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच