लाहोर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी प्लेयर अफ द मन्थ घोषणा गरेको छ । पाकिस्तानी स्पिनर नोमान अली पुरुष विधामा महिनाको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । महिलामा यो अवार्ड न्युजील्याण्डकी अमेलिया केरलाई दिइएको छ ।
नोमानसँगै न्युजिल्याण्डका बायाँ हाते स्पिनर मिचेल सान्टनर र दक्षिण अफ्रिकाका तेज गेंदबाज कागिसो रबाडा पनि दौडमा हुनुहुन्थ्यो । सान्टनरले भारतविरुद्ध र रबाडाले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
नोमानले इंग्ल्याण्डविरुद्धको सिरिजमा २० विकेट लिनुभएको थियो । नोमान अलीले अक्टोबरमा इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिजमा २० विकेट लिनुभएको थियो । तीन टेष्ट म्याचको शृंखलामा १-० ले पछि परेको पाकिस्तानविरुद्धको बाँकी दुई खेल जिताउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । न्युजिल्याण्डकी अलराउन्डर अमेलिया केरले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच