झापा । झापा बिर्तामोडको एक होटलमा भारतीय नागरिक मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा भारतीय नागरिक रामबहादुर भुजेल मृत भेटिएका हुन् ।
बलराम खनालले सञ्चाल्न गरेको आसाम भवन एण्ड लजमा भुजेल दुई दिन अघिदेखि कोठा लिएर बसेका थिए । सोनिकपुरका ५६ वर्षीय भुजेल कात्तिक २७ गते आँखाको उपचार गर्न आएको खुलेको छ । उनी सुतेकै अवस्थामा मृत भेटिएको उनका साथी धनबहादुर लामाले स्थानीयलाई गराएका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।
हिजो राति सकुशल सुतेका भुजेल आज बिहान मृत भेटिएको खबर पाउनासाथ प्रहरी चौकी बिर्ताबजारको टोली खटिएको थियोे । आँखाको उपचार गर्न आएका भुजेलको मृत्युको कारण खुल्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच