प्रदेश १ : माघ २३ गतेका लागि संसद बैठक आह्वान

Read Time = 1 min

काठमाडौं । प्रदेश १ को संसद बैठक माघ २३ गते बस्ने भएको छ ।

सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाउनु भएको छ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताउनु भयो ।

प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?