घरेलु मैदानमै बायर्नसँग हार्‍यो पिएसजी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ ।

बायर्नले मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । कोम्यानले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८२ औं मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए । तर, भीएआर रिभ्युपछि उनको गोलले मान्यता पाएन ।

त्यस्तै खेलको अन्तिम केहि मिनेट बायर्न १० खेलाडीमा समेटियो । इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

अब पीएसजी र बायर्नबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ ।

फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?