सिन्धुली बस दुर्घटना अपडेट, ३० जना घाइते मध्ये १६ जनालाई काठमाडौं लगियो

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभीरमा आइतबार भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतक तीन महिला र तीन पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार मुत्यु हुनेहरुमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका– ३ बस्ने ३२ बर्षका पेषल भुजेल, मानेभज्याङ गाउँपालिका–६ का २४ बर्षिय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ बर्षिया कुमारी मगरको मात्र पहिचान भएको छ । अन्यको परिचय खल्न सकेको छैन् ।

ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटनाहुँदा जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबैलाई पोस्मार्टमको लागि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बसमा बस चालकसहित ३६ जना सवार थिए । तीन जना गम्भिरसहित घाइते १६ जनालाई उपचारको लागि काठमाडौका विभिन्न अस्पतालमा पठाईको प्रहरी उपरीक्षक सिलवालको भनाई छ ।

घाईते ८ जनालाई हेलिकप्टर र ८ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौ पठाईएको हो । सामान्य घाईते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?