काठमाडौं । काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
गोकर्णेश्वर नगरपालिका- ३ मा एउटै परिवारका तीन जना बिहीबार दिउँसो मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार ३३ वर्षीया सीता मोक्तान नगरकोटी, उनकी १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाका छोरा मृत भेटिएका हुन्।
उनीहरु तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।
मृतकका श्रीमान४९ वर्षीय कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि नै आफ्नो श्रीमती, छोरा र छोरी हराइरहेको भनि आज मात्र प्रहरी वृत बौद्धमा खोजतलासका लागि निवेदन दिइएको समेत पाइएको छ ।
उनीहरुको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच