मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । सोमबार साँझ मुगु जिल्लामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । भने ती सबैको पहिचान खुलेकोछ ।
सोरु गाउँपालिकामा–७ चिप्लेडाडा (सिप) मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ४ हुम्ली रहेका हुन भने १ जना मुगुका गरी पाँच जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सीप पहिरो नजिक सोमबार ग १ ज ७७६२ नम्बरको जीप दुर्घटना भएको हो भने सोमबार सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जीप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

उक्त जीप दुर्घटनामा परी ज्यान गुमाउनेमा सिमकोट गाउँपालिका– २ गाउँका वर्ष २२ प्रकाश बोहरा, वर्ष २१ राम परियार र सर्केगाड गाउँपालिका–२ रिप गाउँका वर्ष २७ का राम बहादुर परियार र वर्ष २० का पिउस परियार रहेका छन् । यस्तै मुगु जिल्ला सोरु गाउँपालिका–५ का लोकजंग नेपालीको समेत मृत्युभएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले बताउनुभयो । मुगुका नेपालीको उपचारको क्रममा मंगलबार विहान मृत्युभएको हो ।

उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन । उनीहरुको हाल जिल्ला अस्पताल मुगुका उपचार भईरहेको बताइएको छ । घाइते विरामीलाई थप उपचारका मुगु अस्पतालले जिल्ला बाहिर रिफर समेत गरेको छ । घाइते विरामीको थप उपचारका लागि नेपालगञ्ज लिने तयारी भइरहेको जनाइएको छ । मौसम खराबका कारण कर्णालीका हिमाली जिल्लामा हवाई उडान समेत हुन सकिरहेको छैन ।
जिल्ला सदरमुकाम तर्फ जादै गरेको उक्त जिपमा चालक सहित ९ जना यात्रु रहेका थिए । जिप दुर्घटनाको कारणका बारेमा अहिलेसम्म केही खुलेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?