काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । बुधबारदेखि देशभरका प्रायः मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहरूले यो चलचित्रका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । देशभरका हलले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् ।
चलचित्र ‘पूर्णबहादुरको सारगीं’ले बक्स अफिसमा सुनामी ल्याइरहेको बेलामा ‘ह्रस्व-दीर्घ’ प्रदर्शनमा आएको छ । चन्द्र पन्त निर्देशित चलचित्रको ट्रेलर र गीतहरूले राम्रो चर्चा पाइरहेकाले निर्माण पक्षले राम्रो ओपनिङको आशा राखेको छ । दक्षिण भारतका चर्चित कलाकारहरू भएकाले पनि यो चलचित्रप्रति दर्शकको चासो देखिन्छ ।
चलचित्र ‘पूर्णबहादुरको सारगीं’ले बक्स अफिसमा सुनामी ल्याइरहेको बेलामा आजदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शनमा आएको छ । चन्द्र पन्त निर्देशित चलचित्रको ट्रेलर र गीतहरूले राम्रो चर्चा पाइरहेकाले निर्माण पक्षले राम्रो ओपनिङको आशा राखेको छ । दक्षिण भारतका चर्चित कलाकारहरू भएकाले पनि यो चलचित्रप्रति दर्शकको चासो देखिन्छ । हरि र नारायणीको जोडीले प्रेमसम्बन्धको रक्षाका लागि गरेको संघर्षको विषयमा आधारित यो चलचित्रले हामीले सोचेभन्दा पृथक कथा पस्किएको अभिनेता हरिहरको भनाइ छ ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि यो चलचित्रलाई देशभर कूल ४५ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा २१ तथा उपत्यकाबाहिर २४ शो छ । त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजले कूल आठ शो दिएको छ भने वान सिनेमाजले पनि नयाँबानेश्वर र कालिमाटी स्टेशनमा गरी आठ शो उपलब्ध गराएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित मल्टिप्लेक्सहरू एफक्युब र बिग मुभिजमा समान पाँच-पाँच शो, विएसआर मुभिजमा चार शो पाएको छ । यो चलचित्रले पहिलो दिन शुक्रबार (आज) १५० हाराहारी शो पाउने देखिन्छ । प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती चलचित्रलाई छ । दक्षिण भारतीय चलचित्र ‘कंगुवा’ र नेपाली चलचित्र ‘केटी हराएको सूचना’ रिलिज नहुने भएपछि ‘ह्रस्व-दीर्घ’लाई सोलो रिलिजको अवसर मिलेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुनुहुन्छ । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रहृमानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ ।
अभिनेता हरिहरको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरकै पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीर लालले छायांकन गर्नुभएको हो ।
निर्देशक पन्तले यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गर्नुभएको छ । उहाँको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो । हरिहरले २०७५ सालमा चलचित्र ‘शुभ लभ’बाट फिल्म डेब्यु गर्नुभएको थियो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण रहेको ‘ह्रस्व दीर्घ’ नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोष्टर डिजाइन गरेको चलचचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलको व्यांकटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
हाम्रो चलचित्र दर्शकका लागि नयाँ स्वाद : हरिहर अधिकारी
कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारगीं’ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली चलचित्रको इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गरिरहेको छ । यही चलचित्रले भारतीय चलचित्रहरूलाई पनि पाखा लगाइदियो ।
बक्स अफिसमा ‘पूर्णबहादुरको सारगीं’को दवदवा रहीरहेका बेला आज (शुक्रबार)देखि ‘ह्रश्व दीर्घ’ प्रदर्शनमा आएको छ । यस चलचित्रका अभिनेता हरिहर अधिकारले आफ्नो चलचित्रलाई ‘पूर्णबहादुरको सारंगी’ ले असर नगर्ने बताउनुभएको छ । ‘हामीले थोरै शो पाएका छौं, त्यसको कारण बुझ्छौं । तर, त्यही शो दर्शकले हेरिदिनुभयो भने बिस्तारै शो बढ्छ भनेर अपेक्षित छौं । हल सञ्चालकहरूले दुवै चलचित्रलाई राम्रोसँग म्यानेज गरिदिनुहुन्छ भन्ने लागेको छ’, उहाँले भन्नुभयो ।
अभिनेता अधिकारीले आफ्नो चलचित्र दर्शकका लागि नयाँ स्वाद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो चलचित्र दर्शकका लागि नयाँ स्वाद हो । यहाँ कमेडी छ, एक्सन छ, इमोसन छ । हामीले दर्शकलाई फरक स्वाद दिन चाहेका हौं ।’ हरि र नारायणीको जोडीले प्रेमसम्बन्धको रक्षाका लागि गरेको संघर्षको विषयमा आधारित ‘ह्रस्व दीर्घ’ले हाम्रो सोचेभन्दा पृथक कथा पस्किएको हरिहरको भनाइ छ ।
चन्द्र पन्त निर्देशित यो चलचित्रमा हरिहर अधिकारी नीताको अपोजिटमा प्रस्तुत हुनुभएको छ । नेपाली युवा ज्योतिषीका रूपमा नेपालसहित अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाउनुका साथै अनेकन अन्तर्राष्ट्रिय उपाधि चुम्नुभएका हरिहर र उहाँकी श्रीमती नीता ढुंगाना शीर्ष भूमिकामा रहेको ‘ह्रस्व दीर्घ’ को निर्मातासमेत नीता स्वयं नै हुनुहुन्छ । यो चलचित्रले दर्शकको कतिको साथ पाउने हो एक दुई दिनमा थाह नै हुनेछ । अहिले भने यो चलचित्रलाई व्यावसायिक सफलताको कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच