‘हिजो आजका कुरा’को ‘तिमी पहिले’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गत शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शन भइरहेको चलचित्रको हिजो आजका कुरा’को तेस्रो गीत ‘तिमी पहिले’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित चलचित्रको सार्वजनिक यो गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिव्यदेव फिचर हुनुहुन्छ । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द, संगीत छ ।

साकार पन्त निर्देशित चलचित्रको यो गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । रवि सायमीले खिचेको गीतको कलर र सम्पादन विनय कंसाकारले गर्नुभएको छ ।

पन्त फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको कथा वरिष्ट अभिनेता पन्तकै हो भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सहनिर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र हुनुहुन्छ ।

चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?