काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुने भएको जानकारी दिनुभएको हो ।
सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गर्नुभयो ।
८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । यस प्रतिस्पर्धाको टाइटल स्पोनसर भने सिद्धार्थ बैँक रहेको सचिव खड्काले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच