काठमाडौं । नेपाल बिमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल(एएसएन) बीच बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मकरूपमा कार्य गर्ने सम्झौता भएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एनएसएनका अध्यक्ष प्रेक्षा माथेमाले शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा प्राधिकरण र सोसाइटीले बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मकरूपमा कार्य गरी बिमा क्षेत्रमा थप योगदान पुर्याउन आपसी समझदारी गर्नेलगायतका विषयहरू समेटिएका छन् ।
त्यसैगरी प्राधिकरण र सोसाइटीको साझेदारीमा बिमा तथा बिमांकीय विज्ञानसम्बन्धी अध्ययन एवं अनुसन्धानसम्बन्धी कार्य गर्ने, सोसम्बन्धी ज्ञान आदानप्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने पनि सम्झौतामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच