रुकुम पश्चिम । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
अन्य घाइतेमा आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।
घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच