ग्रिनफिल्ड र सेवको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेव र आयोजक ग्रिनफिल्ड नेसनल स्कुल ‘ए’ ले दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ले ओरेकल रेलाई २९-८ ले पराजित गर्‍यो । ग्रिनफिल्ड ‘ए’का अर्जुन बस्नेतले १३ स्कोर गर्नुभयो । सेवले राइजिङ स्टारलाई ३५-१७ ले हरायो । सेवका विप्लव गुरुङले १३ अंक जोड्नुभयो ।

सिनियर ब्वाइजमै पुष्पसदनले हार्टल्याण्डलाई २८-१६, सिद्धार्थ वनस्थलीले साइ निलायमलाई २१-२०, रेडियन्ट पब्लिकले ग्रिनफिल्ड ‘बी’लाई ४४-२८, एनआइसी एकेडेमीले एस्फोडेललाई ३१-१७ र नेपालयले ग्रिनफिल्ड ‘सी’लाई १९-१६ ले पाखा लगायो । पुष्प सदनका लुकिस महर्जनले १७, सिद्धार्थ वनस्थलीका साइरस राणाले ७, रेडियन्टका सुशान्त न्यौपानेले ११, एनआइसीका युसन थापा मगरले १७ र नेपालयका विजेन थापा मगरले १० स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा साइ निलायमले महामञ्जुश्रीलाई १७-१४ ले पाखा लगायो । विजयी टिमका लागि दिपिशा थापाले ९ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमा सेवले ओरेकललाई १६-९, ग्रिनफिल्ड ‘ए’ले साइ निलायमलाई २८-१२ र महामञ्जुश्रीले रेडियन्ट पब्लिकलाई २४-९ ले पन्छायो । सेवका विपन सुनारले ६, ग्रिनफिल्ड ‘ए’का रिसन तामाङले ८ र महामञ्जुश्रीका अभिषेक पौडेलले ६ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?