बझाङ । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाउनुभएकोे छ । चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २६४ मतले अगाडि बढेको छ।
त्यस्तै माओवादीका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा हुनुहुन्छ । बझाङमा अब मष्टा गाउँपालिकाको मतगणना सुरु हुँदैछ।
अहिलेसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा , थलारा र सुर्मा गाउँपालिकाको मतगणना भइसकेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच