नेकपा एसबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश

Read Time = 1 min

हेटौंडा

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लाग्नुभएको थियो । उहाँ फेरि एमालेमा फर्किनुभएको हो ।

उहाँलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको थियो। निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उहाँसहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

नेकपा एसबाट पोखरेल हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस हुनु भएको थियो। उहाँले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन हुनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?