काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी गराउनुभयो । सिनियर ब्वाइज र गल्र्समा समान १६-१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिनेछन् ।
सहभागी टिमहरूमा चैतन्य, स्पाङ्गल, इनोभेटिभ, सूर्योदय, स्वप्न वाटिका, सिर्जनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङ्लिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआइए र डेनेब फ्लोरिडा रहेका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरू मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआइएको कोर्टमा खेलाइनेछ । काठमाडौं जेभियर्समा समूह चरणका खेलहरूमात्र खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच