स्कारपियोको ठक्करबाट एकै घरका दुई बहिनीको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

घोराही । दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ ।

स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया बिपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश नम्वर ३–०१–०२२ च–१३६९ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी राधालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा अस्पतालमा डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।

बहिनीलाई सिसहनियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो । सवारी साधान नियन्त्रणमा लिईएको र स्कारपियो चालक फरार रहेकाले प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?