मुम्बई । बलिउड अभिनेता इमरान खान र अवंतिका मलिकले सम्बन्ध विच्छेद गर्ने निर्णय गर्नुभएको छ । सन् २०१९ देखि नै छुट्टै बसिरहनु भएका उहाँहरूले अहिले आएर सम्बन्ध विच्छेद गर्ने घोषणा गर्नुभएको हो ।
२०१९ यता दुवैले सम्बन्धलाई बचाउन निकै प्रयास गरेको बताइन्छ । २०१९ मे २४ मा इमरानसँग छुट्टिएर मलिक आफ्नी छोरीलाई लिएर आमाबुवाको घर जानुभएको थियो ।
इमरान र अवंतिकाले सन् २०११ मा विवाह गर्नुभएको थियो । दुवैबीच लामो समयसम्म प्रेम सम्बन्ध पछि विवाह भएको थियो । हाल इमरान बलिउडमा सक्रिय हुनुहुन्न । ‘जाने तू या जाने ना’बाट बलिउडमा डेब्यु गर्नुभएका इमरानले बाल्यकालमा अमिर खानको ‘कयामत से कयामत’मा सानो भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच