अख्तियारद्वारा सिम्रौनगढका तत्कालीन निमित्त प्रशासकीय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमा भ्रष्टाचार गरेको भन्दै आज(बुधबार) सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिनेमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रकाशकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कशुवाहसहित रहेका छन् ।

उनीहरूमाथि गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारका अनुसार यस्तो कार्यमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहा संलग्न रहेका थिए । सिम्रौनगढ नगरपालिका वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे÷नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो ।

काम गरेकोभन्दा बढी मूल्याङ्कन गरी गराई एक लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिइएको पाइएको छ । उनीहरुविरुद्ध एक लाख पाँच सय अठ्सठ्ठी रुपैयाँ बिगो रकम कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?