घरेलु अचार बनाउने आधारभूत तालिम सम्पन्न

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रोटरी क्लब अफ गोकर्णेश्वरको आयोजनामा भएको ७ दिने घरेलु अचार बनाउने आधारभूत तालिम क्लबको कार्यालय दक्षिणढोकामा सम्पन्न भएको छ । यहि जेठ १६ गते शुरू भइ जेठ २२ गते समापन भएको उक्त तालिममा १३ जना महिलाहरूको सहभागिता रहेको थियो ।

करेला, गुन्द्रुक, आँप, कागती, अकबरे, मुला, भटमास, लसुन, मेथी, टिमुरको छोपलगायत विभिन्न अचार बनाउन तालिम दिइएको प्रशिक्षक सरस्वती शाही ठकुरीले बताउनुभयो ।

सहभागी प्रशिक्षार्थीलाई रोटरी क्लबका डिजिई राजेन्द्रप्रसाद धोजुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

त्यस्तै रोटरी क्लब अफ गोकर्णेश्वरका चार्टर प्रेशिडेन्ट दुर्गादेवी मैनालीले तालिममा सहभागी भएका प्रशिक्षार्थीहरूबाट व्यवसायीक रूपमा स्वस्थ्यवर्दक अचार उत्पादन गरि बिक्रीवितरण गर्ने योजना रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
JHakri Kanchha
JHakri Kanchha
2023-06-06 6:30 pm

Good job Rotary Club of Gokarneshwor team.
#rcgokarneshwor

रिलेटेड न्युज

छुटाउनुभयो कि ?