राजेन्द्र र सरुको ‘फर्केर हेरन’

Read Time = 1 min

काठमाडौं । राजेन्द्र बजगाईं र शरु गौतमको स्वरमा रहेको गीत ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । दुई प्रेमीको माया प्रेममा आधारित गीत ‘फर्केर हेरन’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो शरुको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने कम्पोज तथा संगीत संयोजन बजगाईंको आफ्नै छ । गीतको ध्वनि सम्पादन श्याम श्वेत रसाइलीले गर्नुभएको छ ।

काभ्रे र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको गीतमा गायक गायिकालाई फिचरिङ गरिएको छ । अभि वाग्लेको निर्देशन गरेको गीतको छायांकन तथा ड्रोनमा प्रवेश अधिकारी र सम्पादन राजेश कुमारको छ । भिडियोमा शुस्मिता राईको मेकअप र प्रोडक्सन म्यानेजरमा विक्रान्त आचार्य (विनोद) रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?