सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । सञ्चारमन्त्रीसमेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत ल्याउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाउनुभयो ।

मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी हुनुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?