मूर्तिबिनाको मन्दिर बुढासुब्बा(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

सुनसरी । पूर्वी नेपालमा अवस्थित बुढासुब्वा मन्दिर पूर्वका स्थानीयहरुका लागि निकै लोकप्रिय मन्दिर हो । बुढा सुब्बा मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको विजयपुरमा रहेको छ।

बुढा सुब्बाले मागेको मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ । मनोकामना प्राप्त भएमा पशुबलि चढाउने चलन छ । विशेष गरी शनिबारका दिन कुखुरा, सुँगुर आदी बली दिएर पूजा अर्चना गर्न देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ।

उक्त मन्दिरको अर्को विशेषता भनेको यहाँ टुप्पो नभएका बाँसहरू पाइन्छन् । जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहेको छ । यस मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरू छन् । जसलाई बूढासुब्बाको रूपमा पूजा अर्चना गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?