नेपालगञ्ज । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउनुभएको छ ।
प्रेस चौतारी बाँकेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व हो भन्नुभयो । लगानी प्रवद्र्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताउनुभयो । उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो ।
फरक प्रशङ्गमा मन्त्री भण्डारीसँग गरेको छलफलमा उहाँले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिनुभयो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच