ललितपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी जनाउँदै उहाँले खेलकुदले राष्ट्रलाई एकढिक्का बनउन मद्दत गर्ने बताउनुभएको हो ।
उहाँले राजनीतिले फरक-फरक ठाउँ उभ्याएका व्यक्तिहरुलाई खेलकुदले एकै ठाउँमा ल्याउनसक्ने बताउनु भयो । राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन । राजनीति बाहेक जीवनका अन्य धेरै पाटाहरु छन् । राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेहरुलाई पनि कला, साहित्य, संगीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ । सबैलाई जोड्ने चिज भनेको साहित्य, संगीत, कला हो । यसको मजा अर्कै छ । फुटबलमा जसरी नियममा बाँधिन्छौँ, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ । स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ ।’
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्नुपर्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच