काठमाडौं । चलचित्र ‘ह्रस्व-दीर्घ’ले दर्शकको राम्रो साथ पाएको छ । यही शुक्रबारदेखि सिनेमाघरम आएको यो चलचित्रले पाएको सन्तोषजनक शोमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ । शुक्रबार ‘ह्रस्व-दीर्घ’लाई प्राप्त अधिकांश शो हाउसफुल नजिक पुगेका थिए भने शनिबार पनि अधिकांश शो हाउसफूल रहेका थिए । ‘ह्रस्व दीर्घ’ले पर्याप्त शो भने पाएको छैन । ‘पूर्णबहादुरको सारंगी’ हाउसफुल अकुपेन्सीमा चलिरहेकाले ‘ह्रस्व-दीर्घ’ले धेरै शो नपाएको हो ।
चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा हुनुहुन्छ । ‘ह्रस्व दीर्घ’मा नीता र हरिहरसँगै ब्रहृमानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।
चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा छ । प्रतीक पौडेलको संवाद रहेको यो चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालको छायांकन छ । चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुनुहुन्छ । चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ । चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलको व्यांकटेस इन्टरटेनमेन्ट वितरण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच