
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको हो । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा शनिबार राजधानीमा आयोजित राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताको घोषणा गर्दै सरकारले सम्मान गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रेलियालगायतका देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच