
काठमाडौं । नबिल बैंक लिमिटेड यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा क्षेत्रगतरूपमा धेरै कर बुझाउने करदातालाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ हालसम्म आठपटक यस्तो सम्मान प्राप्त गर्न सफल भएको हो । आर्थिक वर्ष २०७९/८० मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रमबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गर्नुभएको बैंकले जनाएको छ । सो अवसरमा नबिल बैंकतर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणका आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच