प्रारम्भ :
दक्ष पेशाकर्मी र शिक्षित युवाहरू देश छोडेर विदेश जाने क्रमले देशको विकासमा ठूलो अवरोध पुर्याएको छ । यस समस्यालाई समाधान गर्न नीति सुधार, जिम्मेवार नेतृत्व र लामो समयसम्मको दृष्टिकोण भएका युवाहरूको सहभागिता अनिवार्य छ । तर, नेपालका हालका घटनाक्रम तथा सरकारको मुद्दाले यसलाई थप जटिल बनाइरहेको छ ।
रोजगारी सिर्जना : सरकारको प्राथमिक दायित्व
नेपाल सरकारको पहिलो दायित्व भनेकै युवालाई यहाँ नै अवसर सिर्जना गर्नु हो । आर्थिक अभावका कारण चुनौती भए पनि, सार्वजनिक-निजी साझेदारी, सीप विकास कार्यक्रम, लगानीलाई प्रोत्साहन गर्ने नीतिहरूमार्फत रोजगारीको वातावरण बनाउन सकिन्छ । विशेषगरी सूचना प्रविधि, पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी गरेमा दीर्घकालीन रोजगारीको आधार तयार गर्न सकिन्छ । तर, सरकारको यो प्रमुख जिम्मेवारीमा गम्भीरता र गति देखिएको छैन । विकासका नारामात्र सुन्न पाइन्छ, तर व्यवहारमा परिवर्तन न्यून देखिन्छ । पछिल्लो समय देशमा उच्च बेरोजगारी दर, युवाहरूको विदेश पलायनमा वृद्धि भएको छ, जसले गर्दा ब्रेन ड्रेनको समस्या गहिरिँदै गएको छ ।
नेता र उनीहरूको विश्वासघात
निर्वाचनको समयमा सुनिएका मीठा वाचाहरू कार्यान्वयनको नाममा हराउने गरेका छन् । यो प्रवृत्तिले जनतामा चरम निराशा ल्याएको छ । उदाहरणका लागि, पछिल्लो सरकार गठनसँगै भएका अनेकौं विवादले जनतामा शंका र अविश्वासको अवस्था ल्याएको छ । नेतृत्वले ठूला परियोजनाहरू थालनी गर्छ, तर त्यो काम कागजमै सीमित हुन्छ ।
युवाको पलायनमात्र समस्या छैन, साथसाथै पुराना राजनीतिक दलहरूको असफलता पनि चर्को रूपमा अघि आएको छ । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी जस्ता पुराना पार्टीहरू जसले सत्तामा बसेर देशको नेतृत्व गरेका थिए, आज यी दलहरू केबल आन्तरिक विवाद र शक्ति संघर्षको समुच्चय बनेका छन् । सत्तामा पुग्न एकअर्कालाई ठग्ने काममात्र भइरहन्छ । यसबाट जनतामा निराशा र असन्तुष्टि फैलिएको छ ।
विकासको योजना, राष्ट्रिय परियोजना, ठूला भौतिक पूर्वाधारको काम अलपत्र परेका उदाहरण प्रशस्तै छन् । जनता नेताको यो व्यवहारलाई चुप लागेर हेर्नुमा मात्र सीमित छैनन् । उनीहरू सडकमै ओर्लन्छन्, प्रदर्शन गर्छन् र असहमति जनाउँछन् ।
प्रशासन राम्रो तर दिशा गलत
नेपालमा व्यवस्थापन प्रणाली राम्रै छ तर त्यसलाई अगाडि बढाउने नेताहरू गलत दिशामा छन् । मन्त्रीहरूको असक्षम नेतृत्व र योजनाविहीन नीतिले व्यवस्थापनलाई असफल बनाइरहेको छ । कतिपय अवस्थामा योजना बनाएर अघि बढ्दा पनि राजनीतिक स्वार्थ र भ्रष्टाचारले काम बिग्रन्छ । नेपालमा भएको भूकम्प राहत, कोरोना महामारीको समयमा स्वास्थ्य उपकरण खरिदको विवाद, पछिल्लो लगानी विवादजस्ता उदाहरणले देखाउँछन् कि यहाँ व्यवस्थापनको स्तर राम्रो भए पनि नेतृत्व नै समस्याको जड हो ।
युवा नेतृत्वको आवश्यकता
देशलाई सही दिशामा लैजान नयाँ सोच र दीर्घकालीन दृष्टिकोण भएका युवाहरूको भूमिका अनिवार्य छ । नयाँ पुस्ताका नेताहरू आधुनिक शिक्षा, अन्तर्राष्ट्रिय अनुभव, नवीनतम दृष्टिकोणले भरिपूर्ण छन् । यस्ता व्यक्तिलाई सरकारको उच्च ओहोदामा ल्याएमा देशको विकासमा उल्लेखनीय योगदान हुनसक्छ । युवाहरूको सशक्त नेतृत्वले मात्र पुरानो र ढिला प्रक्रियालाई गति दिनसक्छ ।
रोजगारी सिर्जना नेपाल सरकारको पहिलो दायित्व हुनुपर्छ भन्ने कुरा अहिलेको परिप्रेक्ष्यमा झन् महत्वपूर्ण बन्दै गएको छ । देशको आर्थिक अवस्था सुधार गर्न र युवाहरूलाई देशमै रोक्न रोजगारीका अवसरको सिर्जना अनिवार्य छ । नेपालमा अधिकांश युवा जनसंख्या रोजगारका लागि विदेश जान बाध्य छन् ।
सरकारले रोजगारी सिर्जनाका लागि ठोस कदम चाल्नुपर्छ, जसले दीर्घकालीन लाभ पुर्याउनसक्छ । आर्थिक चुनौतीका कारण यसमा अवरोध आएकै हो तर समस्याको समाधान खोज्नु सरकारको कर्तव्य हो । यसका लागि सार्वजनिक-निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई आकर्षित गरेर, उनीहरूको लगानी र अनुभवलाई सरकारी योजनासँग मिलाएर काम गरिने हो भने, नयाँ उद्योगधन्दा र व्यवसायको सिर्जना हुनसक्छ । यसले रोजगारीको दर बढ्न मद्दत गर्छ, विदेश पलायनको समस्या केही हदसम्म कम गर्न सक्छ ।
नेपालको विविध क्षेत्रमा अपार सम्भावना छन् । जसको सही उपयोग गर्न सकिएमा युवाहरूलाई रोजगार दिने वातावरण निर्माण गर्न सकिन्छ । सूचना प्रविधि क्षेत्रले छोटो समयमा धेरै रोजगारी सिर्जना गर्नसक्छ । प्रविधिको प्रगति र विश्वव्यापीकरणले डिजिटल रोजगारका अवसर नेपालमै उपलब्ध गराउनसक्छ । जसका लागि आधारभूत डिजिटल सीप, अनलाइन काम गर्न सक्षम जनशक्ति चाहिन्छ । यसलाई सम्बोधन गर्न सरकारले सीप विकास कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।
त्यसैगरी, नेपालका पर्यटन क्षेत्रहरूलाई प्रवद्र्धन गर्न सकियो भने धेरै रोजगारीको अवसर खुल्न सक्छन् । यहाँका प्राकृतिक सुन्दरता, संस्कृतिको विविधता, साहसिक पर्यटनका अवसरलाई सशक्त बनाउन सकेमा स्थानीयस्तरमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन क्षेत्रसँग जोडिएका होटल, यातायात अन्य सेवा क्षेत्रमा थुप्रै कामका अवसररू सिर्जना हुनसक्छन् ।
यद्यपि, सरकारको यो जिम्मेवारीलाई प्रभावकारी बनाउन गम्भीरता र निरन्तरता आवश्यक छ । पछिल्ला केही दशकमा, सरकारले रोजगारी सिर्जना गर्ने भन्दै विभिन्न योजना ल्याएको देखिए पनि तिनले ठोस परिणाम दिन सकेका छैनन् । कारण योजनाको उचित कार्यान्वयन नभएर हो । चुनावको समयमा गरिएका घोषणामा मात्रै सीमित हुने परम्पराले गर्दा जनता नेतृत्वप्रति विश्वस्त हुनसकेका छैनन् । पछिल्लो समयमा बेरोजगारीको दर उच्च रहनु, धेरै युवा विदेश पलायन गर्नु देशका लागि चिन्ताको विषय हो । राजनीतिक दलहरू निराश नागरिक र विश्वसनीयतामा कमीसँगै नेपालले एउटा ठूलो चुनौतीको सामना गरिरहेको छ । यो चुनौती विशेष रूपमा त्यस युवाको पलायनसँग जोडिएको छ, जसले भविष्यको नेतृत्व गर्नसक्ने क्षमता राख्दछन् । तर आज उनीहरूलाई आफ्नो भविष्यका लागि विदेश जान बाध्य बनाइएको छ ।
युवाको पलायन केवल एक प्रवृत्तिमात्र होइन-यो एउटा राष्ट्रको अस्तित्वको संकट हो । नेपाली युवा रोजगारको अभावमा विदेश जाने क्रममा छन् । उनीहरूको उद्यमशीलता र दक्षतासम्म पूर्ण रूपमा अप्रयुक्त रहिरहेछ, जबकि घरमै उनीहरूको भविष्य सुरक्षित छैन । अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘पागलपन भनेको त्यही हो, जुन कुरा तपाईंले बारम्बार गर्दै जाँदै हुनुहुन्छ र अपेक्षा गर्दै हुनुहुन्छ कि नतिजा फरक हुनेछ ।’ र, हामी आज यहीं छौं-युवाहरूको भाग्य विदेशमा खोज्दैछन्, जबकि हामी नै पुराना राजनीतिक दलको मुख हेरेर बसिरहेका छौं, जसले हरपल नयाँ आशा र सपनाको निर्माण गर्छ तर परिणाम शून्य नै रहन्छ ।
युवाको पलायन : विदेश जानुपर्ने बाध्यता
यो दुःखद् सत्य हो कि नेपालका शिक्षित र सक्षम युवा विदेशजान बाध्य छन् । उनीहरूले पर्यटनका लागि मात्र नगई, रोजगारको खोजीमा विदेशको शरण लिएका छन् । रिपोर्टहरू अनुसार, हजारौं युवा नेपाली मध्यपूर्व, दक्षिण-पूर्व एशिया र पश्चिमी देशहरूमा रोजगारका लागि जान बाध्य भएका छन्, जबकि नेपालमा उनीहरूको शिक्षा र सीप अपुरै छन् । यो स्थिति देशका लागि एक गहिरो संकट हो । ‘नेपालको युवालाई भविष्य छैन भन्ने सन्देश दिनुभनेको देशको भविष्यलाई असफलतातर्फ धकेल्नु हो ।’ यो भनेको न्यूटनको विचारसँग मेल खान्छ- ‘यदि तपाईंको परिभाषा नै गलत छ भने, तपाईंको नतिजा पनि गलत हुनेछ ।’
नेपालमा व्यवस्थापन प्रणाली राम्रै छ तर त्यसलाई अगाडि बढाउने नेताहरू गलत दिशामा छन् । मन्त्रीहरूको असक्षम नेतृत्व, योजनाविहीन नीतिले व्यवस्थापनलाई असफल बनाइरहेको छ । कतिपय अवस्थामा योजना बनाएर अघि बढ्दा पनि राजनीतिक स्वार्थ र भ्रष्टाचारले काम बिग्रन्छ ।
आजको युवालाई रोजगारको अवसर छैन भने उनीहरूको क्षमता अन्यत्र खोज्नु स्वाभाविक हो । यसले नेपालको मस्तिष्क पलायनमात्र होइन, एक द्रुत आर्थिक र सामाजिक अवमूल्यनलाई पनि संकेत गर्दछ ।
राजनीतिक असन्तुष्टिः ठूलो पार्टीको विफलता
युवाको पलायन मात्र समस्या छैन, यसको साथसाथै पुराना राजनीतिक दलहरूको असफलता पनि चर्को रूपमा अघि आएको छ । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी जस्ता पुराना पार्टीहरू जसले सत्तामा बसेर देशको नेतृत्व गरेका थिए, आज यी दलहरू केबल आन्तरिक विवाद र शक्ति संघर्षको समुच्चय बनेका छन् । सत्तामा पुग्न एकअर्कालाई ठग्ने काममात्र भइरहन्छ । यसबाट जनतामा निराशा र असन्तुष्टि फैलिएको छ । सरकार र राजनीतिका नेताहरूको कृपामा राप्त गरिएका नागरिकहरू आज झन् उत्तिकै थकित छन् । जसको परिणति भनेको सत्ताको होसियार नभएको, देशको प्रगतिप्रतिको अनुत्तीर्ण चिन्ता हो । युवाहरूको रोजगारीका लागि सन्देश दिने र अवसर सिर्जना गर्ने पक्षमा यी दलहरूले कहिल्यै ध्यान दिन सकेनन् । त्यो कारण जनता अब नयाँ नेतृत्वको खोजीमा छन् ।
नयाँ नेतृत्वको उदय : के यो सम्भव छ ?
यसैबीच, साना पार्टीहरूमाथिको विश्वास पनि बढ्दै गएको छ । नयाँ नेतृत्वको खोजीमा नागरिकहरूले नेशनल इन्डिपेन्डेन्ट पार्टी जस्ता पार्टीहरूलाई हर्षका साथ स्वीकार गर्न थालेका छन् । यी पार्टीहरूले देशको समस्यालाई निराकरण गर्ने, विकास र रोजगारीका विषयमा जनतासँग सिधा संवाद गर्ने कार्य गर्न थालेका छन् । तर, यो प्रश्न भने पनि उठ्छ-के यी पार्टीहरूले पुराना पार्टीहरूको चक्रव्यूहलाई भाँच्न सक्छन् ?
यद्यपि यी साना पार्टीहरू अझै परिपक्वता प्राप्त गर्न सकेका छैनन् । राजनीतिक प्रणालीमा नयाँ नयाँपन ल्याउने चुनौती सामुन्नेछ । उनीहरूले अझै संगठित आधार र संशाधनको अभाव छ जसले उनीहरूको प्रभावलाई सीमित राखेको छ । तर, साना पार्टीहरूको बढ्दो प्रभाव भने नेपालको भविष्यमा नयाँ आशा ल्याउन सक्दछ । ‘नेतृत्व भनेको एक शक्तिमा बस्ने कुरा होइन, यो त अरूको हक र भविष्यलाई सम्बोधन गर्ने कुरा हो ।’ साइमन सिनेका यी शब्दले सही अर्थ दिन्छ, अब समय आएको छ साना पार्टीहरूले जनताको ख्याल गर्ने र प्रभावकारी कार्य गर्ने ।
बदलाबको आवश्यकता : हाम्रो समय नष्ट नगरौं
अबको समय नेपालका लागि अति महत्वपूर्ण छ । राजनीतिक सुधारबिना यो संकट टार्न असम्भव छ । पुराना पार्टीहरूले साँचो अर्थमा आत्ममूल्यांकन र सुधार गर्नुपर्छ । अब उनीहरूको कार्य भनेको मात्रै सत्ता कब्जा गर्नु होइन, देशको समृद्धि र जनताको भविष्यको बारेमा सोच्नु हो । पुराना पार्टीहरूको भन्दा साना पार्टीहरूले जनताको समस्यामा बढी फोकस गरेको प्रमाण दिन सके यो क्रान्ति जस्तो हुनेछ ।
‘सुधार गर्नु भनेको संकटको घडीमा सही निर्णय लिनु हो’, भन्ने विन्स्टन चर्चिलका शब्दलाई हामी अहिले नेपालका सन्दर्भमा लाज न मानौं । यदि हामी अहिले सुधार नगर्ने हो भने, पिढी-दर-पिढी संकटको शिकार बन्ने सम्भावना उच्च छ ।
निष्कर्षः
नेपालमा ब्रेन ड्रेनको समस्यालाई समाधान गर्न दीर्घकालीन नीति, राजनीतिक जवाफदेहिता, युवा नेतृत्वको समावेश आवश्यक छ । हालको परिस्थिति र सरकारको समस्याहरूले चुनौती थपे पनि, सही मार्गमा लागेमा नेपाल आफ्ना नागरिकलाई देशमै अवसर दिन र विदेश पलायनलाई रोक्न सक्षम हुनेछ ।
नेपालको राजनीतिक परिप्रेक्ष्य २०२४ मा कठिन घेराबन्दीमा रहेको छ । युवाको पलायन, ठूलो पार्टीहरूको नक्कली सपना, असफलता, साना दलहरूको नयाँ आशाजस्ता धेरै पक्षमा आधारित समस्या छन् । ‘समस्या भनेको अवसरको चिहृन हो ।’ जा.न एफ.केनेडीका यी शब्दहरू आज नेपालका लागि निकै उपयुक्त छन् । हाम्रो समय गुमाउनु हुँदैन–अब हाम्रो नेता र नागरिकहरूले ध्यान दिनुपर्छ । समय थामिन सकिँदैन । यदि आजका युवा विदेश गए भने नेपालको भविष्य र अतीत छुट्टै दिशातर्फ जान सक्छ । (लेखकः १५३ विश्वकीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच