काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसका कृष्णमान डंगोलले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै, सोही नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र वडा नम्बर ४ को राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराउनु भएको छ । उम्मेद्वारी दर्ताको लागि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासमेत पुग्नुभएको थियो ।
सत्तारुढ अर्को दल नेकपा एमालेले यो नगरपालिकाको मेयर र वडाध्यक्षका लागि उम्मेदवारले मनोनयन दर्ता गराइसकेको छ।
यहाँ एमालेलेले डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ एमाले केन्द्रीय सदस्यसमेत हुनु हो । यस्तै वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले एमालेले उम्मेदवार बनाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच