काठमाडाैं । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स’ (स्काएफ) को आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म सम्मेलन हुन लागेको हो ।
आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा आयोजकले जानकारी दिएको हो । कार्यक्रमको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुनेछ ।
सम्मेलनमा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीससहित २३ देशको प्रतिनिधि तथा सय जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागिता हुने आयोजक स्काएफका अध्यक्ष इ.ठाकुरप्रसाद शर्माले बताउनु भयो । अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपद्लाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा ३ दिनसम्म छलफल चल्नेछ । विपदको जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास रहेको अध्यक्ष शर्माले बताउनु भयो ।
हरेक वर्ष फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो वर्ष सन् २०२५ को सम्मेलन इण्डोनेशियाको बालीमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच