कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुई जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको उमेदवारी परेको हो ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनु भएका पदम बहादुर कलेलको २०७९ सालको पुस २३ गते निधन भएपछि सो पदमा उप निर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन् ।
एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ । भुल कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । भुलको समर्थकमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहनु भएको छ भने उहाँको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहनु भएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराउनु भएको छ । उहाँको प्रस्तावकमा रेखादेबी कठरिया रहनु भएको छ भने समर्थकमा राजु तिरुवा रहनु भएको छ । कठरिया टीकापुर नगरपालिका वडा नम्बर ४ बाट महिला वडा सदस्यमा विजयी हुनभएको हो ।
१३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार हो । अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ । नाउपासँग ७, नेकपा माओवादीसँग ३ ९टीकापुरका उपमेयर निलम्बित०, समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ ।
नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ । काँग्रेस ८ र एमाले ५ मतभारका साथमा १३ मतभार ल्याएर विजयी हुने देखिन्छ । आइतबार दिनभरी काँग्रेस र एमालेले नाउपालाई समर्थनका लागि आग्रह गरेपनि उसले नमानेपछि मनोनयन दर्ता गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच