काठमाडौं । महिला सुरक्षा दबाब समूहले ‘आगामी निर्वाचनमा महिला सहभागिता, अवसर र चुनौती’ विषयक परामर्श संवाद गरेको छ । दबाब समूहले अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा काठमाडौंमा सोमबार एक विशेष कार्यक्रमबीच परामर्श संवाद गरेको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो संवादमा संस्थाका उपाध्यक्ष इरादा गौतमले कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
संस्थाका सदस्य कमला उप्रेतीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संस्थाका अध्यक्ष शाहले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘निर्वाचनमा संवैधानिक प्रावधान र हाल महिलाको सहभागिताको अवस्था’ सम्बन्धमा प्रस्तुत गरेको कार्यपत्रमा अतिथिहरूले व्याख्यात्मक टिप्पणी गर्दै आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आयुक्त थपलियाले निर्वाचनमा महिलाको उपस्थिति बढाउन संविधान परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले निर्वाचनमा निर्वाचन आयोगले महत्वपूर्ण भूमिका खेलेकाले नै प्रतिनिधिसभामा ३६ प्रतिशत र संघीय संसद्मा ३४ प्रतिशत महिला सहभागिता भएको जिकिर गर्नुभयो । निर्वाचन खर्चिलो हुनुमा निर्वाचन आयोगको भूमिका नभई दलको नै भूमिका रहेको, बरु निर्वाचन आयोगले संघीय र प्रदेशमा महिला सहभागिता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । यस्तै, अतिथि वक्ता नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, नेकपा एमालेका भक्तकुमारी तामाङ, नेकपा माओवादीका अमृता थापा मगर, पूर्वमन्त्री हिसिला यमी, अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज (अनेसास)का केन्द्रीय सदस्य तारा उप्रेती, अन्तरपुस्ता महिलावादी मञ्चका सरु जोशी, संस्थाका पूर्वमहासचिव कल्पना रिजाल, मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसी, राष्ट्रिय शारीरिक अपांग संघका किरण शिल्पकार, जनता समाजवादी पार्टीका रेखा यादव, जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जु ठाकुरलगायतले ‘निर्वाचनमा महिला सहभागिता अवसर र चुनौती’ सम्बन्धमा आ-आफ्नो सुझाव मन्तव्य राख्नुभएको थियो । महिला सुरक्षा दबाब समूहले सञ्चालन गरेको यो दोस्रो वर्षको पहिलो परामर्श संवाद हो ।
कार्यक्रमका अतिथि वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले धारा ३८ र आमाको नामको नागरिकता सम्बन्धमा भएको प्रावधान सच्याउनुपर्ने सवाल उठाउनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका महासचिव विजया श्रेष्ठ केसीले धन्यवाद तथा कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा महिला सुरक्षा दबाब समूहका पदाधिकारीहरू, सञ्जाल सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकार तथा अन्य विभिन्न व्यक्तित्वसहितको उल्लेख्य उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच