विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आफ्नो जर्सी र गीत सार्वजनिक गरेको छ । टोलीले ‘कोशीको सान, हाम्रो पहिचान’ भन्ने नारासहित कोशी प्रदेशको प्रतिनिधित्व गर्ने घोषणा गरेको हो । विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रङमा छ । गीत र्याप शैलीमा तयार गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, टिमका खेलाडी सन्दीप लामिछानेलगायतको उपस्थिति थियो ।
मुख्यमन्त्री कार्कीले नेपाली क्रिकेटको प्रगति र विश्वव्यापी पहिचानको प्रशंसा गर्दै खेलकुदमा थप संरचनागत सुधार गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
विराटनगर किंग्सको टोलीमा सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल तथा अन्य खेलाडीहरू समावेश हुनुहुन्छ ।
विराटनगर किंग्सको टिममा ओनर : एमएडी ड्रिम्स स्पोर्ट्स (पारस लुनिया, वेंकटेस मुन्द्रा), मार्की खेलाडीमा सन्दीप लामिछाने हुनुहुन्छ । टिममा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल हुनुहुन्छ ।
विदेशी खेलाडीमा मार्टिन गप्टिल (न्युजिल्याण्ड), अकिब इल्यास (ओमान), निकोलस किर्टोन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मात आलम (अफगानिस्तान) हुनुहुन्छ भने मुख्य प्रशिक्षकमा केभिन ओ’ब्रायन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच