मुगु । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले मुगु जिल्लामा सञ्चालित ठूला आयोजनाहरूको अवस्था अध्ययन गरी आवश्यक निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघ मुगु शाखाको आयोजनामा बुधबार मुगु जिल्ला सदरमुकाम गमगढीमा पत्रकारहरूसँग भएको विशेष भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले जिल्लाको विकास निर्माणका विषयमा उठेका प्रश्नहरूको उत्तर दिंदै विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री कडेलले मुगु जिल्लामा रहेका ठूला विकास आयोजनाहरूको प्रभावकारिता, बजेट परिचालन र स्थानीय समुदायमा परेको प्रभावबारे स्पष्ट जानकारी लिन सम्बन्धित पक्षसँग छलफल गरिने बताउनु भयो । उहाँले भन्नुभयो, "जिल्लाको विकासमा कुनैपनि योजना अवरुद्ध हुन दिन्नौं । सबैपक्षसँग सहकार्य गरेर मात्र योजनाहरूको सफल कार्यान्वयन सम्भव छ ।"
भेटघाटका क्रममा पत्रकारहरूले सडक निर्माण, विद्युत, गमगढी नाक्चेलाग्ना सडक विस्तार, प्रदेशबाट आउने याेजना किनबेच, रारा विमानस्थलकाे ट्रमिनल भवन र विमानस्थलकाे पहिराे राेकथामका साथै राराकाे पर्यटन विकास र अलपत्र अवस्थामा रहेकाे रारा पर्यटन पदमार्गकाे बिषयमा साथै स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका समस्या र ढिलासुस्ती बारे प्रश्न गरेका थिए । मुख्यमन्त्रीले यी सबै विषयमा आवश्यक कदम चाल्ने प्रतिबद्धतासहितको जवाफ दिनु दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूले स्थानिय जनताको समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले कार्यान्वयन निकायहरुलाई सकारात्मक दबाब दिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी भएका स्थानीय नेताहरूले विकास आयोजनामा देखिएका चुनौतीहरूको समाधान गर्न ठोस योजना बनाउन आग्रह गरे । मुख्यमन्त्री कँडेलले निकट भविष्यमा जिल्लामा विशेष कार्यक्रममार्फत ठूला आयोजना अनुगमन र निर्णय लिने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
यो भेटघाटले मुगु जिल्लामा विकास निर्माणमा भइरहेको ढिलासुस्तीलाई अन्त्य गर्न सहजीकरण हुने आशा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच