काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीवार तीनवटा यात्रुवाहक सवारीसाधनमा भएको आक्रमणमा ३८ जनाको मृत्यु भएको छ । साथै अन्य २० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
यो घटना कुर्रमको आदिवासी जिल्लामा भएको हो । जहाँ शिया मुस्लिमहरू बोकेका गाडीहरूलाई निशाना बनाइएको थियो । यात्रुहरू देशको पूर्वी पञ्जाव प्रान्तबाट जिल्लाको पाराचिनार क्षेत्रमा जाँदै थिए ।
मृतक र घाइते हुनेमा महिला र बालबालिका समेत रहेको स्रोतले जनाएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न निर्देशन दिनुभएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच