कर्णालीका जनतालाई महसुस हुने गरि सरकारले काम गरेको छ : मुख्यमन्त्री कँडेल

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको बताउनुभएकाे छ ।

शुक्रबार जुम्ला स्थित नेपाल पत्रकार महासंघले आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, 'म जिल्ला-जिल्लाको भ्रमणमा पुगेर जनताका समस्या सुन्छु र तिनीहरूको अपेक्षालाई योजनामा समेट्न खोज्छु ।'

प्रदेशमा योजना र विकासको विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको मुख्यमन्त्री कँडेलकाे भनाइ छ । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने परिकल्पनाका साथ काम गरिरहेको उहाँले बताउनुभयाे ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो," योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यलाई स्थान दिनु हुँदैन ।” यी विषयमा जनचेतना बढाउनका लागि जिल्ला जिल्लाको भ्रमणमा निरन्तर सक्रिय रहेको मुख्यमन्त्री कँडेललेकाे भनाइ छ ।

नागरिकमा सरकारप्रतिको विश्वास बढाउनुका साथै योजना कार्यान्वयनको पारदर्शिता सुनिश्चित गर्न प्रदेश सरकार लागि परेको छ । जनताले चाहेका र जीवनस्तर सुधार गर्न सक्ने योजनाहरूमा मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

विकास निर्माणको कामलाई मात्र होइन, सुशासन र पारदर्शिताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ । सुशासनलाई केन्द्रमा राखेर काम गर्न थालिसकेका छौँ,”कर्णाली प्रदेशका विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनाहरूलाई जनताको आवश्यकतासँग समाहित गराउने नीतिमा प्रदेश सरकार रहेको मुख्यमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?