काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाको सांसद पद जोगिएको छ ।
सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।
पार्टी अध्यक्ष राउतले सांसद पदबाट हटाउनका लागि सिफारिस गरेकोमा सभामुख घिमिरेले पदबाट नहटाउने निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएकाले उहाँलाई पदमुक्त नगरिएको सचिवालयले जनाएको छ ।
जनमत पार्टीले सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच