
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आर्थिक सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने उहाँको भनाइ थियो ।
सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने भन्दैै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिने तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नु नहने बताउनुभयो । उहाँले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले त्यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको ढकालले जानकारी गराउनुभयो ।
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको भन्दै उहाँले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउनुभयो ।
विगत दुर्ई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उहाँको भनाइ थियो । ढकालले भन्नुभयो, ‘कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैँ-तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशतसम्म घटेको देखाएको छ । अर्थतन्त्र निराशाजनक छैन, सुधारको सम्भावना रहेको छ ।
केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजोमात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिङले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झट्काले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।’ नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि क्रेडिट रेटिङ सकारात्मक सन्देश रहेको उल्लेख गर्दै उहाँले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको र आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरिएकाले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच