सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ।
आज साँझ करिब ६स्२० बजे बागमतीबाट हरिवनतर्फ गइरहेको बा.प्र.०२-०४५ प ३०४८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा अन्दाजी ५५ वर्षीय शिव थापालाई ठक्कर दिएको हो।
ठक्करपछि गम्भीर घाइते भएका थापालाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।
मृतकको शव अहिले नमुना अस्पतालमै राखिएको छ। ठक्कर दिने मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कर्मैयाले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालक ३० वर्षीय आयुष सिंजालीलाई ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच