
काठमाडौं । भारतीय टिमका विकेटकिपर ब्याटर ऋशव पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिलेसम्मकै महँगो खेलाडी बनेका छन् ।
आइतबार साउदी अरेबियाको जेदाहमा भइरहेको अक्सनमा ऋशवलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा भित्र्याएको छ ।
पन्तले जारी अक्सनबाटै महँगा खेलाडी बनेका श्रेयस ऐयरलाई पछि पारेका हुन् । यसअघि, श्रेयसलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।
आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो। पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो।
आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच