एमालेसँग तालमेल गरेका उम्मेदवारलाई १६ गते भित्र मनोनयन फिर्ता लिन कांग्रेसको निर्देशन

Read Time = 4 mins

भोजपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोजपुरमा क्रियाशिल सत्ता पक्षका दलहरु बीच पालिकाहरुमा चुनावी तालमेल भयो । तर सो तालमेल बिपरीत जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिकामा कांग्रेस र एमाले बीच तालमेल गरी मनोनयन दर्ता भए पछि कांग्रेसको जिल्ला नेतृत्वले उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
नेपाली कांग्रेस जिल्ला समिति भोजपुरले एमालेसंग गठबन्धन गरेर आमचोक गाउँपालिकाका बिभिन्न वडामा उम्मेदवारी मनोनयन गरेका आफ्ना कार्यकर्तालाई बैशाख १६ गते भित्र उम्मेदवारी फिर्ता लिन भनेको हो । नेपाली कांग्रेस भोजपुरका सभापति बिनोद बान्तवाले कारवाहीको पत्र निकाल्दै सत्ता गठबन्धन भन्दा बाहिर गएर गठबन्धन गरी मनोनयन गरेका उनीहरुलाई उम्मेदवारी फिर्ता गर्न १६ गतेसम्मको समय सिमा दिनु भएको हो । आमचोक गाउँपालिकाको १० वडा मध्ये ६ वडामा कांग्रेस र एमाले बीच चुनावी तालमेल भएको थियो । कारवाहीको पत्रमा वडा नं ३ का सञ्जय राई, कुमारी राई, वडा नं ४ का रमेश विष्ट, निर्मला राई, वडा नं ५ का सञ्जय राई, कौशिला नेपाली, वडा नं ६ का टेक बहादुर कार्की, तिर्थमाया बस्नेत, वडा नं ९ का विन्द्रबहादुर श्रेष्ठ र वडा नं १० का खगेन्द्र विष्टलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिएको छ ।
जिल्ला सभापति बान्तवाले पठाएको कारवाहीको पत्रमा भनिएको छ, “चार दलीय गठवन्धन बप्च भएको सम्झौता अनुसार आमचोक गाउँपालिकामा आफु आफु बीचमा मैत्री पूर्ण प्रतिस्पर्धा गर्ने निर्णय भए पनि एमालेसँग गठवन्धन गरी उम्मेदवारी गरेको भन्ने बुझिएकोले निर्वाचन आयोगले दिएको मनोनयन फिर्ताको अवधी बैशाख १६ गते भित्र फिर्ता गरि सक्नु पर्नेछ अन्यथा पार्टी अनुशासन उल्लंघन गरेको मानी पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने ब्यहोरा जानकारी गरिन्छ ।” यस्तै आमचोक सभापतिलाई गठवन्धका बिषयमा दुई दिन भित्र लिखित जानकारी जिल्ला कार्य समितिलाई गराउन पनि भनिएको छ ।
भोजपुरमा पाँच दलिय सत्ता गठबन्धनमा कांग्रेस, माओबादी केन्द्र, एकिकृत समाजबादी र जसपा छन । यी पार्टीले अन्य पार्टीसँग भने भुनावी तालमेल नगर्ने सहमति कायम गरेका थिए । सो बिपरीत आमचोकमा गठवन्धन भएको भन्दै माओवादी केन्द्रले आपत्ती जनाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?