काठमाडौं । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निष्टा)को आयोजनामा शनिबार एक कार्यक्रम सम्पन्न भयो । ‘निष्टा आवाज : सिर्जनामा श्रम आवाज’ नाराका साथ श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको थियो । निष्टाका केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. कुलप्रसाद कोइराला विशिष्ठ अतिथि रहनुभएको थियो ।
उहाँले नयाँ पुस्ताले श्रम साहित्यका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा डा.तुलसी भट्टराई, हरिशरण नेपाली, मुकुन्द गौतम, खिलानाथ दाहाल, डिपी अर्याल, नैनसिंह महर अतिथि रहनुभएको थियो । सुधा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सुरुमा बटुकहरूद्वारा स्वस्ति वाचन गरिएको थियो भने प्रमुख अतिथि निधिले पानसमा दीप प्रज्ज्वलन गरेर तथा विशिष्ठ अतिथि कोइरालाले कार्यक्रमको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमा डा.कोमल फुयाँलद्वारा श्रमसाहित्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो भने डा.तारालाल श्रेष्ठद्वारा उक्त कार्यपत्रमाथि टिप्पणी गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाहलमा सञ्चालिन उक्त कार्यक्रमको सञ्चालन साहित्यकार बलराम दाहालले गर्नुभएको थियो ।
सभापति चालिसेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि निधिले शिक्षा, श्रम र साहित्य मानिसको जीवनका लागि अति नै महत्वपूर्ण विषय हुन् भन्नुहुँदै साहित्यले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विषय समेट्न सक्नुपर्ने विचार व्यक्त गनुभयो । उहाँले साहित्यले पदभन्दा पनि जीवनको मूल्य र मान्यतालाई प्राथमिकतामा राख्छ भन्नुभयो ।
राष्ट्रव्यापी कविता प्रतियोगितामा दुई दर्जन जति कविका श्रमसाहित्यसम्बन्धी कविता समावेश भएका थिए भने आधा दर्जन जति अप्रतियोगी कविहरूले पनि कविता वाचन गर्नुभएको थियो । वाचन भएका कवितामध्येबाट पर्वतका विवेक पराजुलीले प्रथम भएर ५० हजार, ओखलढुंगाका देवीप्रसाद बरालले द्वितीय भएर ३५ हजार, तेह्रथुमका भीष्मराज काफ्ले र मकवानपुरकी गौरी कँडेलले तृतीय भएर बीस–बीस हजार राशिको पुरस्कार प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच