जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा संचालन भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएकाछन् ।
गाउँपालिकाको सहकार्य र आई.एन.एफ. नेपाल अन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाकाे आयाेजनामा साेमबार भएको निःशुल्क स्वास्थ शिविरमा कानकाे सुनाइ सम्बन्धी समस्य भएका, आँखा कान घाटी र हाडजोर्नी सम्बन्धि समस्या भएका जम्मा बिरामी ३१० जना मध्ये पुरुष १३२ र महिला १७८ जनाले साे स्वास्थ्य शिविरबाट सेवा लिएको रारालिही स्वास्थ्य चाैकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिनुभयो ।
कान, नाक घाटी सम्बन्धि बिरामी ४६ जना, आँखा १०५ , हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामी ६४ र चिकित्सक परामर्श ९५ जनाले उक्त स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य चाैकीका जनस्वास्थ्य निरीक्षक रावतकाे भनाइ छ । गाउँमै दक्ष चिकित्सकबाट हाडजोर्नीकाे उपचार पाउँदा यहाँका स्थानीयवासिलाई निकै राहत पुगेको तिला गाउँपालिका-१ का स्थानीयवासि काली रावतले बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतकाे टिमले स्वास्थ शिविरमा आएका बिरामीको स्वास्थ्य चेकजाँच गरेको आई.एन.एफ. नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताउनुभयो । अपांगता भएका व्यक्तिहरुका लागि नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदानदेखि अपांगता कार्डकाे लागि डाक्टरद्वारा सिफारिस सेवा समेत स्वास्थ शिविर बाट दिएको आई.एन.एफ. जुम्ला शाखाका परियोजना अधिकृत बुढामगरकाे भनाइ छ ।
गाउँ बस्तीमै पुगेर आई.एन.एफ. नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि तिलाका स्थानीयवासिलाई केही राहत मिलेको तिलाका स्थानीयवासि बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच