काठमाडौं । पुस ५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गर्दै चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र नेपाल र भारतमा फिल्म एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रले ‘गोर्खा ल्याण्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको देखिन्छ ।
२०७४ सालमा ‘गोर्खा ल्याण्ड’को माग गर्दै भारतको दार्जिलिङमा ठूलो आन्दोलन भएको थियो । चलचित्रले यही आन्दोलनको विषयलाई उठाएको टिजरले संकेत गर्छ ।
जोन राईले निर्देशन गरेको चलचित्र मनोरञ्जनात्मकसहित सन्देशमूलक कथा रहेको दाबी गरिएको छ । चलचित्रले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने निर्देशक राईले बताउनुभयो ।
चलचित्रमा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पञ्चकोटीलगायतको पनि अभिनय छ । सञ्जीव सार्की निर्माता रहेको चलचित्रमा जोन राई र रूपेश तामाङको कथा र पटकथा छ भने सुजोयकुमार घोष ‘मुन्ना’को छायांकान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच