काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसँगै मंगलबार सेयर बजार ३३ अंकले बढेको छ । सरकारले सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गरेसँगै सोमबार पनि सेयर बजार १५ अंकले बढेको थियोे । मंगलबार नेप्से ३३.४१ अंक बढेर २७१६.६६ कायम भएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस दिन तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता सेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार छ अर्ब २९ करोडको कारोबार भएको थियो ।
मंगलबार बैंकिङ १.२०, विकास बैंक ०.४९, वित्त समूह १.५१, होटल तथा पर्यटन ०.६४, जलविद्युत् १.९७ र लगानी समूह १.१३ प्रतिशतले बढेका छन् भने जीवन बिमा १.०२, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त ०.८५, म्युचुअल फण्ड ०.२३, निर्जीवन बिमा ०.८१, व्यापार १.२९ र अन्य समूह १.६८ प्रतिशतले बढेका छन् ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आइडिआई मर्दी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्रीस्टार हाइड्रोपावरकोे सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको ४५ करोड ७८ लाखको सेयर कारोबार भएको छ भने सेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको छ लाख ८८ हजार दुई सय ३६ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच