काठमाडौं । शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ हृयाण्डहेल्ड गार्मेन्ट स्टिमर सार्वजनिक गरेको छ । जसलाई हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडा फ्रेस राख्न मद्दत गर्ने बताइएको छ । शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘शाओमीको यस हृयाण्डहेल्ड गार्मेन्ट स्टिमरले दैनिक जीवन अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टिमरलाई कपडाको विशेष केयर गर्न चाहने जोकोहीका लागि उपयुक्त बनाउँछ ।’
शाओमी हृयाण्डहेल्ड गार्मेन्ट स्टिमरको तौल सात सय ७० ग्राम रहेको छ । जसले गर्दा लामो समयसम्म थकानबिना नै प्रयोग गर्न सकिन्छ । फोल्ड गर्न मिल्ने डिजाइनका कारण सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । जसले गर्दा स्टिमर घरमा मात्र नभई यात्राका क्रममा पनि उत्तिकै उपयोगी हुने कम्पनीको दाबी छ । डिभाइसमा सेरामिक कोटेड डाइ-कास्ट एलुमिनियम प्यानल समावेश छ, जसले गर्दा २६ सेकेण्डमै तात्नुका साथै स्थिर तापक्रम पनि प्रदान गर्छ । स्मुथ ग्लाइडिङ प्रविधिले खुम्चिएको कपडा नबिगारी मिलाउँछ भने सेकेण्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार १६० एमएल पानी ट्यांकीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्छ भने ३० किलो पास्कलको प्रेसराइज्ड स्टिम फ्लोले उच्चस्तरको परिणाम दिन्छ । खुम्चाई हटाउनुका साथै ९९.९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडा स्वच्छ र ताजा बनाउँछ । शाओमी हृयाण्डहेल्ड गार्मेन्ट स्टिमरको मूल्य चार हजार दुई सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच