
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरस्थित सडकखण्डमा प्रहरीले अवैध काठसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दी र मातहत प्रहरी चौकी पत्थरकोटको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त काठ बरामद गरेको हो।
सिन्धुलीको मरिन गाउँपालिका–४ जुटपानीबाट सर्लाहीतर्फ गइरहेको ट्याक्टरमा सालको काठका झ्याल र ढोकाहरू लोड गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ट्याक्टरका चालक २३ वर्षीय सबिन बम्जन मरिन गाउँपालिका–४ का स्थानीय हुन्।
बरामद काठमा सालको १२ थान झ्याल र ११ थान ढोकासहित २३ थान तयार काठका सामानहरू छन्। ट्याक्टरसहित बरामद सामग्रीको अनुमानित मूल्य ६,७४,८०० रुपैयाँ रहेको छ।
प्रहरीले काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, सर्लाहीमा पठाएको छ। यस घटनामा अवैध काठ ओसारपसारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच