
काठमाडौं । युएईमा जारी यू–१९ एसिया कपमा श्रीलंकाले नेपाललाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।
श्रीलंकाका शरुजन शणमुगनाथनले ६२ रन जोडे भने लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले ।
बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिए ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा भएको खेलमा अब नेपालले जवाफी ब्याटिङ गर्ने छ ।
नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच